शनिबार लखनउस्थित राम मनोहर लोहिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको पाँचौँ दीक्षान्त समारोहमा बोल्दै उनले भने, ‘तपाईंहरूले नेपालमा भएको देख्नुभयो। सामाजिक सञ्जाललाई बेवास्ता गरियो, अनि अहिले के भयो? त्यहाँको अवस्था देखाउँछ कि यसरी बेवास्ता गर्दा विकास–प्रगतिमा अवरोध त ल्याउँछ नै, व्यापक भ्रम पनि सिर्जना हुन्छ।’
उनले थपे, ‘साना कुरा पछि ठुलो समस्या बन्न सक्छन्। त्यसैले सानै बेलामा ध्यान दिनुपर्छ, ताकि त्यस्तो अवस्था कतै नदोहोरियोस्।’
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै भारत नेपाली जनताको शान्ति, प्रगति र समृद्धिमा प्रतिबद्ध रहेको बताएका छन्। भारत सरकारले शुक्रबार कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वागत गर्दै यो कदमले नेपालमा शान्ति र स्थिरता ल्याउने आशा व्यक्त गरेको थियो।
